नुमा" भन्नाले राम्री, सुन्दर युवती जनाइन्छ भने "फुङ" भन्नाले फूल। यी दुई शब्द मिलाएर "नुमाफुङ" भन्ने चलचित्रको नाम राखिएको छ, जसले नुमा र लोजिमाको सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
यो चलचित्र लिम्बु समुदायको परम्परा, रीतिरिवाज र संस्कृतिलाई विगतदेखि वर्तमानसम्म समेटेर देखाउने एक जीवन्त दस्तावेज जस्तो देखिन्छ।
खासमा भन्नुपर्दा, 'जारी' भन्ने शब्दलाई यो चलचित्रमा जति गहिराइका साथ प्रस्तुत गरिएको छ, सायद बिरलै कतै वर्णन गर्दा पनि त्यति प्रभावशाली रूपमा गर्न सकिंदैन।